नेकपा अध्यक्ष प्रचण्ड र राष्ट्रपतिबीच भेटवार्ता, के भयो कुराकानी ?

नेकपा अध्यक्ष प्रचण्ड र राष्ट्रपतिबीच भेटवार्ता, के भयो कुराकानी ?


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेका बेला पार्टीका कार्यकारी अध्यक्ष बनेका प्रचण्ड र राष्ट्रपति भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए ।

उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाएको छ । पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउन समेत राष्ट्रपतिले भूमिका खेलेको चर्चा भइरहेका बेला राष्ट्रपतिले अध्यक्ष प्रचण्डलाई भेटवार्ताका लागि शितलनिवास बाेलाएकी हुन् ।

पार्टीको कार्यकारी अधिकार पाएलगत्तै प्रचण्ड सक्रिय बनेका छन् । उनले शुक्रवार मात्रै आफ्नो निवास खुमलटारमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका थिए ।