काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाटै मन्त्रीपपरिषद बैठकमा सहभागी भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली हाल सिंगापुरमा उपचाररत रहेकाले नेपालको इतिहासमा नै पहिलो पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेको हो ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषदको बैठक बस्दै गरेको फोटो पोस्ट सार्वजनिक गरेका छन् । बैठकको अध्यक्षता पनि प्रधानमन्त्रीले नै गरिरहेका छन् ।
प्रतिक्रिया