काठमाडौं – मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
बुधबार दिउँसो २ बजे पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा नेपाल विद्यार्थी संघलगायत भातृ संगठनको अधिवेशनबारे छलफल गर्ने कांग्रेसले जनाएको छ ।
२२ असारमा महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा पेश गरेको १४ एजेन्डामध्ये अधिकांश एजेन्डा छलफल हुन बाँकी नै छन् । कांग्रेसले पार्टीलाई विधानअनुसार संघीय संरचनामा लैजान सहमतिबाटै निर्दे्िशका बनाएको छ ।
बैठकमा दोस्रो चरणको राष्ट्रिय अभियान सञ्चालनबारे पनि छलफल हुने कांग्रेसले जनाएको छ । भदौ २५ गतेदेखि कांग्रेस देशैभर कार्यक्रम लिएर जाँदैछ ।
बैठकमा सरकारको मन्त्रिपरिषद बैठकको भिडियो कलबारे पनि छलफल हुने जनाइएको छ । नेपाली कांग्रेसले गोपनीयता नहुने भन्दै मन्त्रिपरिषदको बैठकलाई भिडियो कलमार्फत राखेकोमा विरोध जनाएको छ ।
प्रतिक्रिया