काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार नामको मात्र कम्युनिष्ट भएको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियनले ललितपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले दुई तिहाईको यो सरकार कम्युनिष्ट नभएको र देशलाई ‘कम्युनिष्ट स्टेट’ बनाउने बाटोमा लागेको आरोप लगाए ।
‘यो सरकार कम्युनिष्ट सरकार नै होइन । उनीहरू कम्युनिष्ट स्टेट बनाउन चाहन्छन्,’ देउवाले भने, ‘मुलुकलाई कम्युनिष्ट स्टेट बनाउने खतरा सरकारबाटै छ ।’ उनले प्रजातन्त्र, मानव अधिकार, वाक् तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हमला हुन सक्ने भन्दै लड्ने दिन आउन सक्ने बताए ।
प्रतिक्रिया