काठमाडौं– नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सरकारका गतिविधिका कारण राज्य व्यवस्थामाथी नै खतरा रहेको दावी गरेका छन् । राजधानीमा बिहीबार आयोजित युवा र राजनीति विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै निधिले सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य संचालन व्यवस्था नै खतरामा परेको आरोप लगाए ।
पुर्व गृहमन्त्री समेत रहेका नेता निधीले कार्यपालिका प्रमुख विदेश जानुपर्ने भएपछि भिडियो कन्फरेन्स मार्फत् मन्त्रिपरिषद् बैठक बस्न सक्ने गरि कानुन नै संसोधन गरिनु सिंगो व्यवस्थामाथिको प्रहार भएको बताए
। उनले प्रधानमन्त्रीमा अधिनायकवादी प्रवृत्ति देखिएको भन्दै कानुन नै परिर्वतन गरेर मन्त्रिपरिषद् बैठक सञ्चालन गर्ने कार्यविधी तत्काल सच्याउनुपर्ने धारणा राखे ।
उनले सरकारले नयां विधेयकहरुमा पनि सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा निहित हुने गरि व्यवस्था गरेको आरोप लगाए ।
सरकार प्रणालीमा टेकेर प्रणालीलाई नै सिध्याउने खेलमा लागेको भन्दै उनले कम्युनिष्ट स्टेट विरुद्धको आन्दोलनका लागि तयारी अवस्थामा रहन युवाहरुलाई निर्देशन दिए ।
प्रतिक्रिया