काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले रेशम चौधरीमाथि मुद्धा लगाउनु गलत भएको बताएका छन् ।
७ भदौमा टीकापुरमा भएको थरुहट सम्मेलनबाट फर्किएका वैद्यले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने बताए । उनले भने, ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो, राज्य पक्षबाट उनी अन्यायमा परेका छन् ।’
थारु समुदाय सामन्तवाद, सुदूरपश्चिम र मधेसीको चेपुवामा परेको उनको दाबी छ । टीकापुर घटनाको अर्को दिन थारु समुदायमाथि राज्यले निर्मम दमन गरेको भएपनि त्यसबारे कसैले नबोलेको क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यको भनाइ छ ।
प्रतिक्रिया