काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापा सडकको विषयलाई लिएर आन्दोलनमा उत्रीएका छन् ।
आफू निर्वाचित काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को सडकको विषयलाई लिएर आफ्नो क्षेत्रका मतदातासहित प्लेकार्ड बोकेर सडक विभागभित्र धना गर्न पुगेका सांसद थापाले सडक विभागले १ हप्तामा गर्छाै भनेको काम १ महिनासम्म पनि नगरेको भन्दै आजको आन्दोलन सांकेतिक धर्ना भएको बताए । ‘यति गर्दा पनि काम नभए हामी सिंहदरबारभित्र मन्त्रालयमा गएर धर्ना बस्छौं’ उनले भने ।
आफ्नो निर्वाचन क्षेत्रका सडकको गुणस्तर सुधार्नुपर्ने र मर्मत गर्नुपर्ने माग राख्दै मतदाता बोकेर सडक विभाग पुगेका सांसद थापासहित सर्वसाधारण दिउँसो १२ बजेदेखि विभागमा धर्ना गरिरहेका छन् ।
प्लेकार्डमा ‘कुर्सीमाथि उठ्ने हो, बाटो बनाउन जुट्ने हो’, ‘सिंहदरबारमा आराम छ, जनताको जीवन हराम छ’, ‘सरकार र ठेकेदार, क्षतिपूर्तिको हाहाकार’, ‘घोक्रो सुकिसक्यो, अलकत्रा उप्किसक्यो, हामी क्षेत्र नम्बर ४ को सकारात्मक विचारको’, ’खेतमा मलको अभाव छ, बाटोमा ढलको बहाव छ’, ‘सरकारको दुराचार, क्षेत्र नम्बर ४ मा अत्याचार’ लगायतका नारा लेखिएका छन् ।
प्रतिक्रिया