अनेरास्ववियूको एकता प्रक्रिया अन्तिम चरणमा, केन्द्रीय समिति ३३५ सदस्यीय हुने

अनेरास्ववियूको एकता प्रक्रिया अन्तिम चरणमा, केन्द्रीय समिति ३३५ सदस्यीय हुने


काठमाडौं – एकता प्रक्रिया टुङ्गो लगाउने अन्तिम तयारीमा रहेको सत्तारूढ दल नेकपा निकट अनेरास्ववियूले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ ।

एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १ सय ८० जना र साविक माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी ) बाट १ सय ५५ जना रहनेछन् ।

यसैगरी एकीकृत संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम  All Nepal National lndependent  Students’ Union  रहने पनि निर्णय भएको छ । अंग्रेजी नामका विषयमा पछि महाधिवेशनमा पनि छलफल गर्न सकिने जनाइएको छ ।

आज बसेको औपचारिक वैठकले विभिन्न तीन उपसमिति समेत बनाएको छ । राजनीतिक र सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति :
संयोजक – ऐन महर
सदस्य – सुरेन्द्र बस्नेत
सदस्य – पञ्चा सिंह

विधान मस्यौदा उपसमिति
संयोजक – रञ्जित तामाङ
सदस्य – सुनिता वराल
सदस्य – समिक वडाल

आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमिति
संयोजक – उत्तम अधिकारी
सदस्य – आरसि लामिछाने
सदस्य –झपिन्द्र खत्री
सदस्य – केशव रावल

आजको वैठकले एकताको केन्द्रीय समितिको पहिलो बैठक भाद्र ३१ र १ गते बस्ने निर्णय समेत गरेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।