द्धन्द्धको पिडामा रहेका सर्वसाधारणको सुरक्षामा ध्यान दिऔं : बलाध्यक्षरथी थापा

द्धन्द्धको पिडामा रहेका सर्वसाधारणको सुरक्षामा ध्यान दिऔं : बलाध्यक्षरथी थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ यूएन मिसनमा दक्षिण सुडान जाने सैनिकहरुलाई बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले सम्बोधन गर्नुभएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार विहिबार रथी थापाले दक्षिण सुडानमा तैनाथ हुन जाने सिद्धिबक्स गण ९शा.से.चौंथो डफ्फाद्वारा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरेको प्रि डिप्लोमेन्ट तालिमको निरीक्षण, तथा उक्त मिशनमा भाग लिन जाने शान्ति सैनिकहरुलाई सम्बोधनसहित तालिमको समापन गर्नुभएको हो ।

उक्त अवसरमा बलाध्यक्ष रथी थापाले शान्ति सेनामा खट्टि जाने सैनिकहरुलाई नेपाली सेनाका परमसेनाधिपति राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । शुभ कामना सन्देशमा नेपाली सेना आफ्नो देशमा मात्रै नभई विदेशमा समेत द्धन्द्धरत स्थलहरुमा शान्ति सु–व्यवस्था कायम गर्न उच्च हौसलाका साथ संलग्न रहेको उल्लेख भएको थियो ।

 

 

 

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना गर्ने पवित्र र महान कार्यमा सहभागी हुन ‘सिद्धि सर्व सुनिश्चय’ भन्ने आदर्श वाक्य रहेको श्री सिद्धिबक्स गणमा सम्मिलित भई जाने तपाईहरुले विगतमा हाम्रा विर सैनिकहरुले आर्जेको नेपाल र नेपालीहरुको छवि उच्च राख्ने प्रण गर्दै शान्ति स्थापना गर्ने कार्यमा निष्ठा र ईमान्दारीताका साथ समर्पित हुनु हुनेछ भन्ने कुरामा विश्वस्त रहेको कुरा उक्त सन्देशमा उल्लेख भएको ।

 

वहाँको सन्देशमा नेपाल सरकारको परराष्ट्र नीतिलाई हृदयंगम गर्दै नेपाल र नेपालीको मान, सम्मान र छविलाई उच्च राख्न नेपाली सेनाबाट आजसम्म भएको योगदान प्रति हामी सबै नेपालीहरुले गौरब गर्न सक्ने कुरा उल्लेख रहेको थियो । शान्ति स्थापना कार्यमा गौरवमय छवि बोकेको गरिमामय नेपाली सेनाको ५९ वर्ष भन्दा लामो इतिहासमा तपाईहरु जस्ता अग्रज शान्ति सैनिकहरुको अथक प्रयास सराहनीय रहेको कुरा समेत सो सन्देशमा उल्लेख गर्नु भएको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै बलाध्यक्ष रथी थापाले शान्ति स्थापना गर्ने जस्तो पवित्र कार्यमा खट्टिई आफनो कार्यक्षेत्रतर्फ जाने तयारीमा रहेको उक्त टोलीलाई कार्य सफलताको शुभकामना व्यक्त गर्नुहुंदै हाल विश्वमा बढ्दै गईरहेको द्वन्द्व तथा अस्थिरताको कारण ठुलो संख्यामा सर्वसाधारण जनताहरु द्वन्द्वको प्रत्यक्ष असरमा परेको हुँदा त्यसको क्षति तथा द्वन्द्वको पीडाबाट सर्वसाधारण जनतालाई सुरक्षित राख्न प्रोटेक्सन अफ सिभिलियन जस्तो महत्वपूर्ण तथा जटिल जिम्मेवारी पनि रहने कुरा बताउनु भयो ।

 

निरीक्षणको क्रममा बलाध्यक्ष रथी थापाले मिशनमा तैनाथ हुन जाने गणले प्रदर्शन गरेको मिशन ईलाकामा आईपर्ने चुनौती र गर्नु पर्ने कार्यहरु सम्बन्धी विभिन्न अभ्यास तथा प्रदर्शनीहरुको समेत अवलोकन गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाहरुको उपस्थिति रहेको थियो ।