कर्मचारी समायोजनमा नेपाल विश्वमै आगाडी रहेको मन्त्री पण्डितको दाबी

कर्मचारी समायोजनमा नेपाल विश्वमै आगाडी रहेको मन्त्री पण्डितको दाबी


काठमाडौं – संघीय मामिला तथा समान्य प्रसाशन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनमा नेपाल विश्वमै अगाडि रहेको दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक साक्षातकार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सरकारले प्रशासनिक काम र आर्थिक वृदिदर हासिल गर्ने काममा इतिहासमै फड्को मारेको बताउँदै कर्मचारी समायोजनको काम सम्पन्न भएको मुलुक विश्वमा अन्त कतै भए उदाहरण पेश गर्न चुनौती दिए ।

‘संघीयता अन्तर्गतको स्थानीय तह, प्रदेश र संघमा प्रशासनिक रुपमा यति छिटो कर्मचारी समायोजन र संगठन संरचना र दरबन्दी मिलानको काम संसारमा अन्त कहीँ पनि भएको छैन’ उनले भने ।

उनले कर्मचारी समायोजनको बाँकी काम र पदस्थापनको काम पनि आवश्यकत्ता अनुसार हुँदै जाने बताए । ‘आवश्यकतालाई ध्यानमा राखेर हामी अघि बढ्छौं’ उनले भने । स्थानीय तहलाई ध्यानमा राखेर पहिलो चरणको लोकसेवा आयोगको विज्ञापन खोलिसकिएको र अब संघ र प्रदेशको लागि विज्ञापन खोल्ने प्रक्रियामा रहेको पनि उनले सुनाए । उनले मानव संशाधनको व्यवस्थापन गर्नेतर्फ पनि सरकार सचेत रहेको बताए ।

उनले राष्ट्रसेवकहरु सरकारले खटाएको ठाउँमा जानुपर्ने बताए । पण्डितले भने,‘यदि कोही राष्ट्रसेवक सरुवा गरेको ठाउँमा गएनन भने उनीहरुलाई कारबाही र दण्डित गर्छौं ।’ उनले अब प्रदेश र स्थानीय तहमा पनि विकास निर्माणका कामले गति लिने विश्वास दिलाए ।

उनले भने, ‘अहिले कहीँ कतैबाट पनि अवरोध र रुकावट छैन् । तीनै तह मिलेर अघि बढ्नुपर्छ ।’ सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा साकार गर्नेगरि तीनवटै सरकार मिलेर अघि बढ्ने उनको विश्वास छ ।