काठमाडौँ – नयाँ नाममा दर्ता भएका राजनीतिक दलहरुलाई उपनिर्वाचन प्रयोजनका लागि पुनः दर्ता प्रक्रियामा आउन निर्वाचन आयोगलेसूचना प्रकाशित गरेको छ।
आयोगले सोमबार एक सूचना जारी गरी यसअघि एकीकरण भई अथवा नयाँ नाममा दर्ता भइसकेको दलहरुलाई पनि उपनिर्वाचन प्रयोजनका लागि भदौ मसान्तभित्र पुनः दर्ता हुनुपर्ने बताएको हो ।
निर्वाचन आयोगको यो सूचना अनुसार अब सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), समाजवादी पार्टी नेपाल, साझा विवेकशील पार्टी, राप्रपा संयुक्त लगायतले आगामी उपनिर्वाचनमा भाग लिन निर्वाचन आयोगमा पुनः दल दर्ता गराउनुपर्ने भएको छ ।
तर २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा आयोगमा दर्ता भएका दलले उपनिर्वाचनको प्रयोजनका लागि पुनः दल दर्ता गर्नु नपर्ने आयोगले जनाएको छ ।
आगामी मंसिर १४ गते देशभर रिक्त रहेका ५१ वटा पदमा उपनिर्वाचन हुँदैछ। यसअघि ०७४ मा तीनै तहको निर्वाचन भएको थियो। तर विविध कारण प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५० स्थान हाल रिक्त छन्।
उपनिर्वाचन प्रयोजनको लागी राजनीतिक दल दर्ता सम्बन्धी सूचना
प्रतिक्रिया