काठमाडौं – पछिल्लो ११ दिनदेखि सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल सिंगापुर जाँदैछन् ।
सिंगापुरको नेशनल यूनिभर्सिटी हस्पिटलमा उपचार गरिरहेका प्रधानमन्त्रीको ओलीको स्वास्थ्य अवस्था बुझ्न उनी आज दिउँसो १ बजे त्यसतर्फ प्रस्थान गर्दैछन् ।
१२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री गत भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारउन्मुख भईरहेको छ । उनको सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार चलिरहेको छ । प्रधानमन्त्री ओली आगामी भदौ २० गते स्वदेश फर्कने कार्यक्रम रहेको निकट स्रोतले जनाएको छ ।
प्रतिक्रिया