काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दास्रो पटक भिडियो कन्फरेन्समार्फत मन्त्रीहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्रीले मंगलबार दिउँसो १ बजे भिडियोमार्फत छलफल गरेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विटमाफत् जानकारी जानकारी दिए । प्रधानमन्त्रीले मन्त्रीहरुलाई आ–आफ्नो मन्त्रालयको कामको जानकारी दिएको रिमालले जानकारी दिए ।
रिमालले लेखेका छन्, ‘सम्माननीय प्रम केपी शर्मा ओलीले सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधिमार्फत् आज दोस्रो चोटी आफ्नो क्याविनेटका सदस्यहरूसँग सरकारका कामको बारेमा छलफल गर्नु भयो । उहाँले आफ्नो उपचारबारे जानकारी दिनुहुने र मन्त्रीज्यूहरूले आफ्नो कामकाबारे प्रमलाई अपडेट गर्नुहुने योजना रहेको छ ।’
यसअघि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद बैठक बसेको र त्यसको अध्यक्ष प्रधानमन्त्री ओलीले गरेको दाबी गरिएपछि मन्त्रिपरिषद बैठकका सुरक्षासहितका विषयमा प्रश्न उठेको थियो । यो पटक भने मन्त्रिपरिषद बैठक नभनेर मन्त्रीहरुसँगको छलफल मात्र भनिएको छ ।
प्रतिक्रिया