काठमाडौं – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नयाँ प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा बोल्दै सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आराम गर्न दिएर नयाँ प्रधानमन्त्री बनाउन नेकपालाई सुझाव दिएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यअनुसार कार्यबोझ बढाइएको भन्दै थापाले इच्छाशक्ती मात्र सबै कुरा नभएको बताए ।
‘इच्छाशक्तिले मात्र हुँदैन । शारीरिक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्दछ’, उनले भने, ‘अब नयाँ प्रधानमन्त्री छानौं । नेकपाभित्र दुई तिहाईको सरकार छ । प्रधानमन्त्री भइसकेको एक से एक व्यक्ति छन् । प्रधानमन्त्रीलाई विश्राम गर्न दिनूस् ।’
प्रधानमन्त्रीले आफ्नो उपचारको खर्च आफैं व्यहोर्ने कामको प्रशंसा गर्दै थापाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।
प्रतिक्रिया