इटालियन कम्पनी सिएमसी बर्खास्त,सम्झौता अनुसार काम नगरेको आरोप

इटालियन कम्पनी सिएमसी बर्खास्त,सम्झौता अनुसार काम नगरेको आरोप


काठमाडौं –रामेछापमा निर्माण हुन लागेको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजनाले इटालियन कम्पनी सिएमसीलाई बर्खास्त गरेको छ ।

रामेछापको ओखलमा निर्माण हुन लागेको यो आयोजनाले सिएमसीसँग सिभिल तथा हाइड्रो मेकानिकल कामको लागि गत मंसिर ८ गते मात्रै ठेक्का सम्झौता गरेको थियो। सिएमसी कम्पनीले सम्झौता अनुसार काम नगरेको भन्दै सम्झौता गरेको तीन महिनामै लिखु–४ को प्रवर्द्धक ग्रीन भेन्चर्स प्रालीले सिएमसीलाई बर्खास्त गरि आयोजना आफ्नो नियन्त्रणमा लिएको छ।

ग्रीन भेन्चर्सले सूचना जारी गर्दै फागुन २१ गतेदेखिनै सिएमसीलाई बर्खास्त गरिएको हुँदा सिएमसीसँग सम्झौता गरि रकम भूक्तानी नपाएमा आयोजना जवाफदेही नहुने प्रष्ट पारेको छ। १० अर्ब १६ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाको वित्तीय व्यवस्थापन गत मंसिर २९ गते भएको थियो । आयोजनामा लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक लगायत सात वटा बैंकले कुल लागतको ७५ प्रतिशत हुन आउने सात अर्ब ६२ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेका छन् ।