काठमाडौं – मन्त्रीपरिषदको बैठक आइतबार मध्यान्ह १२ बजे बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गराएर फर्किएपछि उनको प्रत्यक्ष उपस्थितिमा आइतबार मन्त्रीपरिषदको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
प्रधानमन्त्री ओली गएको शुक्रबार स्वदेश फर्किएका हुन् । उपचारका लागि उनी सिंगापुर रहेका बेला पनि मन्त्रीपरिषद सदस्यसँग भिडियो लिंकमार्फत दुई पटक छलफल गरेका थिए ।
ओली उपचार गराएर फर्किएपछि बस्न लागेको पहिलो बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने जनाइएको छ । मन्त्रीपरिषदको आइतबारको बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।
प्रतिक्रिया