प्रधानमन्त्रीले गरे संसद भवनको सिलान्यास, लागत खर्च पाँच अर्ब ३० करोड

प्रधानमन्त्रीले गरे संसद भवनको सिलान्यास, लागत खर्च पाँच अर्ब ३० करोड


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनको सिलान्यास गरेका छन् ।  बुधबार सिंहदरबारस्थित पुतली बगैँचामा रहेको स्थानमा प्रधानमन्त्री ओलीले सो भवनको सिलान्यास गरेका हुन् ।

१ सय ७३ रोपनी क्षेत्रमा फैलने प्रतिनिधिसभा र राष्ट्रियसभाको उक्त भवन पाँच अर्ब ३० करोड खर्चिएर निर्माण गर्न लागिएको हो । दुई मुख्य हलसँगै संघीय संसद सचिवालय, दलका कार्यालय, संसदीय समिति समेत भवनमा रहनेछ ।

हाल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद सञ्चालन हुँदै आइरहेको उक्त केन्दको सरकारले वार्षिक १५ करोड भाडा तिर्दै आइरहेको छ ।