काठमाडौं – भदौं ३१ गते राष्ट्रियसभाबाट पारित भएको राहदानीसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट आज पारित भएको छ । प्रतिनिधीसभाको बिहिबार बसेको बैठकले उक्त विध्येक सर्वसम्मतीले पारित गरेको हो ।
राहदानी विध्येकका बारेमा सांसद पुष्पा भुसाल र नेमकिपाका सांसद प्रेम सुवालले विधेयकमाथि गरेको छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जवाफ दिएपछि उक्त विधेयक सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभामा निणर्यार्थ पेश गरेका थिए ।
राष्ट्रियसभाको मंगलबारको बैठकले राहदानी विधेयक २०७५ माथि विधायन व्यवस्थापन समितिको संशोधन अनुसार परिमार्जन गरी पारित गरेको थियो ।
प्रतिक्रिया