दुई घण्टा आकाशमै जहाज ‘होल्ड’ भएपछि पर्यटनमन्त्री भट्टराईले दिए यस्तो निर्देशन

दुई घण्टा आकाशमै जहाज ‘होल्ड’ भएपछि पर्यटनमन्त्री भट्टराईले दिए यस्तो निर्देशन


काठमाडौं – बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको तयारीमा रहेका जहाज अवतरण हुन नसकेपछि आकाशमै होल्ड गरिएकोबारे संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले छानविन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर)अचानक बिग्रिएपछि कतार एयरलाइन्सलगायतका ठूला जहाजलाई करिब दुई घन्टा आकाशमै होल्ड गरिएको थियो ।

जहाज आकाशमै होल्ड गर्नुपर्ने भएपछि एयर चाइनाको काठमाडौं उडान रद्द गर्नुपरेको थियो भने मालिन्दो एयरको जहाजलाई आकाशबाटै डाइभर्ट गराइएको थियो । कतार एयरलाइन्सको जहाजले भने आकाशमै दुई घन्टामा ३० फन्को लगाएर अवतरण गरेको थियो ।