काठमाडौं – पूर्व सांसद हरि बैरागी दाहालको निधन भएको छ । दाहालको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस भास्कुलर सेन्टरमा उपचारका क्रममा आज बिहान निधन भएको बताइएको छ । दाहाललाई भ्यान्टिलेटर राखेर उपचार गरिएको थियो ।
गत शुक्रबार बिहान कोटेश्वरको भाटभाटेनी डिर्पामेन्टल स्टोर अगाडि हृदयाघात भएर बेहोस भएर लडेपछि दाहाललाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
दाहाल ०५१ सालको निर्वाचनमा संखुवासभा क्षेत्र नं. २ बाट तत्कालीन नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए । उनी जलविद्युत क्षेत्रका अभियन्ता समेत हुन् ।
उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि बिहान १० देखि ११ बजेसम्म नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने बताइएको छ । दाहालको आजै दिउसो पशुपति आर्यघाटमा अत्येष्टि गरिने पारिवारीक स्रोतले जनाएको छ ।
प्रतिक्रिया