सशस्त्रमा कानुन र लेखा उपसमूहतर्फ डिएसपीको सरुवा

सशस्त्रमा कानुन र लेखा उपसमूहतर्फ डिएसपीको सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–सशस्त्र प्रहरीमा डिएसपीहरुको सरुवा भएको छ । सशस्त्रको लेखा र कानुन उपसमुह तर्फका सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको भदौ १४ मा सरुवा भएको हो । डिएसपीहरु होम ज्ञवाली बजेट शाखा,दयाराम शर्मा, आर्थिक प्रशासन निर्देशालय,अर्जुन रोक्का प्रवन्ध शाखा, राजेन्द्र श्रेष्ठ भण्डार शाखा,सुरेश खतिवडा कल्याणकारी सेवा केन्द्र र ध्रुव केसी केन्द्रिय लेखा शाखामा सरुवा भएका छन् ।

त्यसैगरी कानुन उपसमूहतर्फ पनि दुई जना डिएसपीको सरुवा भएको छ ।  सरुवा हुनेमा डिएसपी युवराज अर्याल र छविलाल पाण्डे रहेका छन् ।  अर्याल र पाण्डे दुवैलाई कानून निर्देशनालयमा सरुवा गरिएको छ ।