एजेन्सी – गएको फेब्रुअरी महिनामा भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा जैश–ए–मोहम्मदको संगठनमाथि हमला गरेको दाबी गरिएको थियो । हमलाको सात महिनापछि फेरि यो संगठन अहिले सक्रिय भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
बालाकोटको त्यो मदरसा जहाँ भारतीय वायुसेनाले हमला गरेको दाबी गरेको थियो । समाचारमा उल्लेख भए अनुसार भारतीय वायुसेनाको कारबाहीको सात महिनापछि चरमपन्थी संगठन जैश–ए–मोहम्मदले हमला भएको ठाउँ फेरि सम्पूर्ण रुपमा तयार गरेको छ ।
हिन्दुस्तान टाइम्सले प्रकाशन गरेको समाचारमा जैश–ए–मोहम्मदको संगठनले जम्मू–कश्मीर र भारतका अन्य विभिन्न क्षेत्रमा हमलाका लागि तालिम पनि दिइरहेको दाबी गरिएको छ । जैश–ए–मोहम्मदको संगठनले अन्तर्रा्ष्ट्रिय निगरानीबाट बच्नका लागि नयाँ नामका साथ जम्मू कश्मीरको साथै गुजरात र महाराष्ट्रमा पनि हमला गर्न सक्ने समाचारमा उल्लेख गरिएको छ ।
भारतको पुलावामा आक्रमणको जिम्मा जैश ए मोहम्मद नामक संगठनले लिएको थियो। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्यहरु अमेरिका, बेलायत र फ्रान्सले जैश ए मोहम्मदलाई आतंककारी संगठन घोषणा गर्न सहमति जनाइसकेका छन्। भारतले यो संगठनलाई विश्वव्यापी आतंकवादी घोषणा गर्न प्रस्ताव गरेको थियो।
प्रतिक्रिया