नीति तथा कार्यक्रमको झल्को दिने गरी सय दिने कार्यक्रम

नीति तथा कार्यक्रमको झल्को दिने गरी सय दिने कार्यक्रम


मोरङ – प्रदेश १ सरकारले नीति तथा कार्यक्रमको झल्को दिने गरी सय दिने कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा उक्त कार्यक्रम सार्वजनिक गरिएको हो ।

सय दिने कार्यक्रमले नीति तथा कार्यक्रमको झल्को दिएको भनी आएको टिप्पणीप्रति मुख्यमन्त्री शेरधन राईले त्यसकै ‘गाइडलाइन’ तयार पारिएको प्रतिक्रिया दिए । प्रदेश सरकार गठन भएको १९ दिनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सरकारको ध्यान शान्ति, सुशासन, स्थायित्व र विकासमा केन्द्रित रहेको खबर अाजकाे राजधानी दैनिकमा सुदिप काेर्इरालाले लेखेका छन् ।

उनले प्रदेशवासीका हरेक आकांक्षालाई सम्बोधन गर्ने प्रयत्नमा सरकार रहे पनि तत्काल बजेट अभावका कारण ठूला कामको थालनी गर्न नसके पनि अधिकांश कामको प्रारम्भ भने गरिने बताए । अहिले सय दिनभित्र प्रारम्भ हुने कामलाई आउँदो नीति तथा कार्यक्रमले समेतसमट्ने बताए ।

आठ पृष्ठ लामो सय दिने कार्यक्रम घोषणा गर्दै प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले तेस्रोपटक बसेको मन्त्रिपरिषद्को वैठकले पारित गरेको कार्यक्रम अक्षरशः सुनाए । मन्त्रालयगत रूपमा तयार पारिएको कार्यक्रममा ‘सुशासन र समृद्धि : हाम्रो प्रतिबद्धता’, ‘कृषिमा व्यवसायीकता, आजको आवश्यकता’, ‘गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार : स्वस्थ्य जीवन र सामाजिक परिवर्तनको आधार’, ‘लगानीमैत्री वातावरण : पूर्वाधारको विकास’, ‘करमा सहभागिता : विकासमा साझेदारिता’, ‘कानुनको रक्षा जीउधनको सुरक्षा, उद्योग पर्यटन, वन तथा वातावरण : सुधारौं हाम्रो विकासको आचरण’ र ‘प्रेस सूचना तथा सञ्चार : जनताको अधिकार’ लगायतका नारा दिइएको छ ।

कार्यक्रममा सचेतना फैलाउनेदेखि लिएर नमुना बस्ती निर्माण गर्नेसम्मका महत्वाकांक्षी कार्यक्रम थालिने उल्लेख गरिएको छ । यस्तै, प्रदेशका सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउनेदेखि ग्रामीण क्षेत्रमा काम गर्न दक्ष चिकित्सकलाई प्रोत्साहन गर्ने कामलाई कार्यक्रमभित्र समेटिइएको छ ।