काठमाडौं – अमेरिकाकाको टेक्सस राज्यको ह्युस्टनमा आयोजित गरिएको कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा सम्बोधन गरेका छन् । डोनल्ड ट्रम्प र मोदीकोे ’दुर्लभ संयुक्त कार्यक्रम’मा दशौँ हजार भारतीय मूलका अमेरिकीहरू सहभागी भएका छन्।
आयोजकहरूले अमेरिकामा पोपबाहेक अन्य विदेशी नेतालाई गरिएको त्यो नै अहिलेसम्मको सबैभन्दा भव्य स्वागत भएको बताएका छन्। करिब ५० हजार मानिस सहभागी कार्यक्रमलाई ट्रम्पले ’पूर्णतया ऐतिहासिक कार्यक्रम’ भनि टिप्पणी गरे। कार्यक्रमको नाम ’हाउडी मोदी’ राखिएको थियो। बोलीचालीको भाषामा स्वागतपूर्ण शैलीमा हालचाल सोध्न उक्त शब्द प्रयोग गरिन्छ। मोदीले सम्बोधनको आरम्भ ट्रम्पको प्रशंसाबाट गरेका थिए।
मोदीले भने, “हामीसमक्ष विशेष व्यक्ति उपस्थित हुनुहुन्छ। उहाँलाई कुनै परिचयको खाँचो छैन। विश्वका हरेक व्यक्तिले उहाँको बारेमा जान्दछन्। यो महान् देशको सबैभन्दा उच्च पदमा बस्नुअघि पनि हरेक मानिस उहाँबारे परिचित थिए। उहाँको स्वागत गर्नु मेरा लागि सम्मानको विषय हो।“ ट्रम्पसँग आफूले कैयौँ पटक भेट गरेको र उनमा आत्मीयता पाएको मोदीको भनाइ थियो।
ट्रम्पले कार्यक्रममा उपस्थित भारतीय मूलका अमेरिकी समुदायलाई धन्यवाद र हालैको लोकसभा निर्वाचनमा विजयी भएर फेरि सत्तामा आएकोमा मोदीलाई बधाई दिए। उनले भने, “भारत र अमेरिकाको साझा सपनालाई लिएर म र नरेन्द्र मोदी कुराकानी गरिरहन्छौँ। भारतीय अमेरिकीले हाम्रो देशको संस्कृति र मूल्यलाई बलियो बनाएका छन्। तपाईँहरूलाई अमेरिकी नागरिकको रूपमा पाएर हामी गौरवान्वित छौँ। हामी दुवै देश आफ्ना नागरिकप्रति समर्पित छौँ।“
Live from Houston! #HowdyModi https://t.co/C0vY1rsLJh
— Narendra Modi (@narendramodi) September 22, 2019
उनले मोदीलाई अमेरिकाको एक अति निष्ठावान्, इमान्दार र महान् मित्रको सङ्ज्ञा दिए। र, उनीसँगै कार्यक्रममा सहभागी हुँदा रोमाञ्चित भएको बताए। ट्रम्पले मोदीको योजनाका कारण भारतमा ३० करोड मानिस गरिबीबाट माथि उठेको बताए। उनले भने, “भारतमा आउँदो दशक १४ करोड मानिस मध्यमवर्गमा उक्लिने छन्। हामीले अमेरिका र भारतका जनता सम्पन्न भइरहेको देखिरहेका छौँ।“
ट्रम्पले भारतसँगको सुरक्षा सहयोग बढ्ने छिट्टै रक्षा सम्झौता गरिने बताए। उनले नोभेम्बर महिनामा दुवै देशका जल, स्थल, र हवाई सेनाले मिलेर युद्ध अभ्यास गर्ने जानकारी दिए। उनले भने, “हामी ती सबै भारतीय र अमेरिकी सैनिकलाई सम्मान गर्छौँ जो जनताको रक्षाको निम्ति खटिइरहेका हुन्छन्। हामी कट्टरपन्थी इस्लामिक आतङ्कवादबाट बचाउन प्रतिबद्ध छौँ।“
भाषणको अन्त्यमा प्रधानमन्त्री मोदीले जम्मू(कश्मीरलाई विशेष मान्यता दिएको संविधानको प्रावधान अन्त्य गरिएको सन्दर्भ उल्लेख गरे। उनले त्यसलाई ठूलो कदमको रूपमा अर्थ्याउँदै भने, “भारतले हालै ृसंविधानको धारो ३७० लाई अलबिदा भनेको छ। जसले गर्दा जम्मू(कश्मीर र लद्दाखका मानिसहरूलाई त्यही अधिकार प्राप्त भएको छ जो भारतका अन्य मानिसले पाएका छन्। त्यहाँका महिला, बालबालिका र दलितमाथि भइरहेको भेदभाव अन्त्य भएको छ।“
प्रतिक्रिया