चुनावकै मुखमा विरगंजमा माओवादी प्रवेश गर्नेको ओइरो

चुनावकै मुखमा विरगंजमा माओवादी प्रवेश गर्नेको ओइरो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगंज – माओवादी केन्द्रले मधेषमा चुनावी तयारीलाई तिव्र पारेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक सातदेखी मधेषमा नै खटिएका छन् ।  चुनावकै मुखमा दुई नम्वर प्रदेशअन्र्तगत वीरगंज महानगरपालिका–१३, प्रसौनीमा विभिन्न पार्टीका तीन सय जना नेता तथा कार्यकर्ता आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मधेषी जनताको अधिकारको लागी माओवादी केन्द्रले ठुलो लडाई लडेको दावी गरे । उनले राष्ट्रिय एकता, जनताको मुक्ति र विकासका लागि माओवादी केन्द्रलाई जिताउन आग्रह गरे । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले दुई नम्बर प्रदेशमा माओवादी पहिलो हुने दावी पनि गरे ।

 

 

माओवादी केन्द्रले सचिवालयको बैठक समेत दुई नम्बर प्रदेशमा नै शनिवार सम्पन्न गरेको थियो । विरगंज उपमहानगरपालिकामा माओवादीको तर्फबाट युवा नेता रहबर अन्सारी मेयरको उम्मेदवार छन् । अन्सारी विरगंजमा निकै लोकप्रिय छन् ।