काठमाडौं – सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको भन्दै सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताएका हुन् । उनले लगानी छ तर फल नभएकाले निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको प्रष्ट्याउँदै मन्त्री पण्डितले निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
निजामती कर्मचारीको संख्या बढदै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने मन्त्री पण्डितको भनाई थियो ।
प्रतिक्रिया