एजेन्सी – भारतीय सेनाका प्रमुख बिपिन रावतले भारतीय जवाफी आक्रमण ब्युँताउन पाकिस्तान लागि परेको भन्दै गत फेब्रुअरी २६ तारिखमा बालकोटमा भएको जस्तै अर्को घटना हुनसक्ने चेतावनी दिएका छन् ।
इण्डिया टुडेका अनुसार सोमबार चेन्नाइमा रावतले बालाकोट आक्रमण ब्युताइएको र बालाकोट भारतीय सेनाको जवाफी कारबाहीमा ध्वस्त भएको बताएका छन् । रावतले पाकिस्तानका ५ सय जासूस भारतमा छिर्ने प्रयासमा रहेको पनि बताएका छन् ।
फेब्रुअरी १४ तारिखमा भारत प्रशासित कस्मिरको पुलुवामा जिल्लामा पाकिसतानस्थित जैस ए मोहम्मद समूहले आत्मघाती बम विस्फोट गराउँदा ४० भन्दा बढी भारतीय सेनाको मृत्यु भएको थियो । जैस ए मोहम्मद आतंकवादी समूहलाई पाकिस्तानको सहयोग र साथ भएको भारतले आरोप लगाउँदै आएको छ । पाकिस्तानले भने यो विषयलाई अस्वीकार गर्दैआइरहेको छ ।
१४ तारिखको आक्रमणको जवाफमा भारतीय वायु सेनाले फेब्रुअरी २६ मा जैस ए मोहम्मदको पाकिस्तानस्थित अखडामा आक्रमण गरेको थियो । त्यस आक्रमण पाकिस्तानको बालाकोटमा भएको थियो । भारतीय पक्षका अनुसार त्यस आक्रमणमा २ सयभन्दा बढी आतंकवादीको मृत्यु भएको थियो ।
अफिसर्स ट्रेनिङ एकेडेमीमा रावतले सोमबार भने,‘पाकस्तिानले युद्धविरामको सम्झौतालाई उल्लंघन गरेको छ । उनीहरुका जासूस र सेनाले सीमाना उल्लंघन गरेको छ ।’
भारतीय सेनालाई कसरी जवाफी कारबाही गर्ने भनेर राम्रोसँग थाहा भएको उनको भनाइ छ । जासूसहरुलाई नियन्त्रणमा लिनका लागि आफूहरले सुरक्षा व्यवस्था कडा बनाएको उनले बताएका छन ।
प्रतिक्रिया