काठमाडौं – भारतको गोवामा ३४औं अल इन्डिया राष्ट्रिय खुल्ला तेक्वाण्डो च्याम्पिएनसिप प्रतियोगिता हुने भएको छ ।
कैलाली टिकापुर निवासी प्रकाश जैगडीको अगुवाइमा आगामी डिसेम्बर २५ र उद्घाटन हुने च्याम्पिएनसिप खेल डिसेम्बर ३० मा समापन हुनेछ । उक्त तेक्वान्डो च्याम्पिएनसिप खेलमा भागलिन चिन, जापान, दक्षिण कोरिया, दक्षिण अफ्रिका, नेपाललगायत विश्वका अधिकाङ्स राष्ट्रहरुबाट सहभागी हुने अल इन्डिया तेक्वान्डोका हेड कोच प्रकाश जैगडिले जानकारी दिए ।
विगत लामो समय देखि यस् क्षेत्रमा कार्यरत प्रकाश जैगडिले राष्ट्रिय अन्तर्राष्ट्रिय गोल्ड मेडलहरु प्राप्त गरिसकेका छन् । उनले अहिले भैरहेको तेक्वान्डो राष्ट्रिय प्रतियोगिता नेपाल र नेपालीको लागि गौंरवको विषय भएको बताउँदै त्यसको लागि प्रवासमा बस्ने सबै नेपाली दाजुभाइ दिदिबहिनी हरुको साथ सयोग र हौंसलाको आवस्यक रहेको बताए ।
आफू प्रवासमा रहे पनि नेपाल राष्ट्रलाई खेलमार्फ विश्व सामु चिनाउने आफ्नो धोको रहेको बताए । उनले खेल जगतलाई बढावा नदिएसम्म हामीले विकास र समृद्धि हासिल गर्न नसक्ने बताए । साथै उनले भारत प्रवासमा रहने नेपाली दाजुभाइ दिदीबहिनीलाई अल इन्डिया टेक्वाडो च्याम्पिएनसिप खेलमा भागलिइ गोल्ड मेडल प्रात गर्न आह्वान गरेका छन् ।
प्रतिक्रिया