काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेकपाका विदेश मामिला विभाग प्रमुख पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओद्धारा मंगलबार हस्ताक्षरीत समझदारीपत्रमा दुवै देशका कार्यकारी प्रमुखले उच्चस्तरीय भ्रमण गर्ने उल्लेख छ ।
समझदारीपछि दुवै देशका कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता तहको अध्ययन, शिक्षण भ्रमणमा बढोत्तरी आउने अपेक्षा गरिएको छ । अहिले पनि नेकपाबाट निर्वा्चित जनप्रतिनिधि, नेकपाका पार्टी कार्यकर्ता चीन पढ्न तथा प्रशिक्षण लिन जाने गरेका छन् । यो समझदारीपछि उक्त सङ्ख्यामा अझै वृद्धि आउने नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
यस्ता छन् समझदारीका ६ बुँदा
१.उच्चस्तरीय भ्रमण
२. कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि
३. पार्टी पार्टी अनुभव आधारित सहयोग आदान प्रदान
४. युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान प्रदान
५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि
६. विचार सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन
प्रतिक्रिया