एजेन्सी – भारत–पाकिस्तान सीमानजिकै ६.३ म्याग्नेच्युडको भूकम्प आएको छ । स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४ः३१ बजे लाहौरबाट १८३ किलोमिटर उत्तरपूर्वमा केन्द्रविन्दु बनाएर भूकम्प गएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।
भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्मै महशुस गरिएको छ । भूकम्प आएपछि दिल्लीका मानिसहरू घर छोडेर बाहिर निस्किएका छन् । भूकम्पको धेरै प्रभाव जम्मु कस्मिरमा परेको बताइएको छ ।
हरियाणा, उत्तर प्रदेश, पञ्जाब, चण्डीगढलगायत क्षेत्रमा पनि भूकम्पको धक्का महशुस गरिएको सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पबाट भएको क्षतिबारे भने केही विवरण सार्वजनिक भएका छैनन् ।
प्रतिक्रिया