तराईको चुनावको सुरक्षा चुनौती सीके राउत र विप्लव समूह भएको गृहमन्त्रालयको ठहर

तराईको चुनावको सुरक्षा चुनौती सीके राउत र विप्लव समूह भएको गृहमन्त्रालयको ठहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – गृहमन्त्री जनार्दन शर्माले निष्पक्ष निर्वाचन सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइसकिएको बताएका छन् ।  दुई नम्बर प्रदेशको धनुषामा आइतबार आयोजित सुरक्षा गोष्ठीमा सहभागीहरुलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले भने, ‘निर्वाचनमा धाँधली हुँदैन, निष्पक्ष ढंगले सम्पन्न हुन्छ । हामी सुरक्षित निर्वाचन गराउन चाहान्छौं । निष्पक्ष निर्वाचन गराउन सुरक्षा योजनाको अभाव हुँदैन ।’
 

सरकारले जनता र इतिहासप्रति जवाफदेही भएर निर्वाचन सम्पन्न गराउने मन्त्री शर्माले बताए । सशस्त्र समूहहरु मनोवैज्ञानिक नाम मात्र रहेको भन्दै उनले त्यसको पछि लाग्नुभन्दा ठोस चुनौतिको सामना गर्नुपर्नेमा जोड दिए । उनले चुनौतिको सामना गर्न आवश्यक तयारी भइसकेको पनि बताए ।

 

 
‘दुई नम्बर प्रदेशमा भएका बिभिन्न समूहको हर्कत, मतदानको समयमा हुने सम्भावित घटना चुनौति हुन् । तर, आपराधिक समूहहरु मनोवैज्ञानिक नामहरु हुन्,’ मन्त्री शर्माले भने, ‘त्यसको पछि लाग्नुको साटो ठोस चुनौतिको सामना गर्न लाग्नुपर्छ । चु्नौति सामना गर्न आवश्यक तयारी भइसकेको छ ।’

 

 

 
सुरक्षाको मुख्य आधार जनता हुन् भन्दै उनले सुरक्षा फौज त्यसको नेतृत्वकर्ता मात्र भएको बताए । उनले चुनौतिको सामना गर्न सुरक्षा व्यवस्था मिलाइसकिएको जानकारी दिए । ‘नयाँ चुनौति आइपर्दा सामना गर्ने कमाण्ड तयार छ । सुरक्षा निकायहरुबीचको कोअर्डिनेसनको समस्या छैन,’ उनले भने । मन्त्री शर्माले निर्वाचनको बेला कुनै घटना भइहाले कम क्षति गर्न प्रयत्न गर्न पनि निर्देशन दिए ।
 

 

मन्त्री शर्माले दुई नम्बर प्रदेशको सुरक्षा हेडक्वाटर जनकपुरमा रहने जानकारी दिए । उनका अनुसार प्रदेश प्रहरीको हेडक्वाटर पनि जनकपुरमै हुनेछ । सशस्त्र प्रहरीको पनि यही प्रदेशमा दुई जना डीआईजी भएकाले समस्या भएको भन्दै उनले प्रदेशभर कोअर्डिनेसन गर्ने गरी एउटै एआईजी पठाउने तयारी भइरहेको जानकारी दिए ।

 

 
उनले दुई नम्बर प्रदेशका जनता चुनावी उत्साहमा रहेको र बाढीको संकटको बिचमा पनि मतदान गर्न आतुर रहेको बताए । बाढी प्रभावितको घाउमा निर्वाचनमा आएका सुरक्षाकर्मी र कर्मचारी मिलेर मल्हमपट्टी लगाउन प्रमुख जिल्ला अधिकारीहरुलाई मन्त्री शर्माले निर्देशन समेत दिए ।
 

 

सुरक्षा गोष्ठीमा दुई नम्बर प्रदेशअन्तर्गतका ८ जिल्लाका सीडीओहरुले सुरक्षा चुनौतिबारे रिपोर्टिङ गरेका थिए । सप्तरीका भागिरथ पाण्डे, सिराहाका श्रीकृष्ण श्रेष्ठ, धनुषाका दिलिपकुमार चापागाईं, महोत्तरीका बाबुराम श्रेष्ठ, सर्लाहीका प्रदीपराज कँडेल, रौतहटका उद्धवबहादुर थापा, बाराका विजयनारायण मानन्धर र पर्साका निमित्त प्रजिअ दुर्गादत्त पौडेलले बैठकमा आ–आफ्नो जिल्लाको अवस्थाबारे मन्त्री शर्मालाई जानकारी गराएका थिए ।
 

सीके राउत, सशस्त्र समूह, विप्लव समूह लगायतको सुरक्षा चुनौति रहेको बताए ।