वातावरणमन्त्री लालबाबु पण्डितले इआइए नगरेको भन्दै द्वारिका र सोल्टीलाई कार्वाहि

वातावरणमन्त्री लालबाबु पण्डितले इआइए नगरेको भन्दै द्वारिका र सोल्टीलाई कार्वाहि


काठमाडौं –काठमाडौंमा रहेका पाँच तारे होटल सरकारले वातावरणीय प्रभाव(इआइए) नगरि संचालनमा रहेका होटलको नवीकरण रोक्ने भएको छ ।

सरकारले वातावरणीय प्रभावमा रहेका पाँच तारे होटल ह्यात,अन्नपूर्ण, याक एण्ड यति र सांग्रिलाले इआइए गरेका छैनन्।‘यी होटलले इआइए नगरे पर्यटन क्षेत्रले पाउने सबै सुविधा पाउँदैनन् र होटलको नवीकरण पनि रोकिन्छ’पर्यटन विभागका अधिकृत गौतम रिमालले भने,हामीले पटक–पटक इआइएका लागि आग्रह गरेपनि होटल संचालकले अटेर गर्दै आएपछि हामीले नवीकरण रोक्ने निर्णयमा पुगेका हौं।‘

उनका अनुसार वातावरण ऐन लागु भएपछि ४५ होटलले प्रारम्भिक वातावरण परिक्षण(आइइइ) गरिसकेका छन् भने १८ होटलको वातावरणीय प्रभाव मूल्याङ्कन(इआइए) भइसकेको छ। वातावरण संरक्षण ऐन र नियमावली अनुसार वन क्षेत्र, राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा १० देखि ५० बेड सम्मको रिसोर्ट, होटल संचालनका लागि अनिवार्य रुपमा आइइइ गर्नुपर्ने प्रावधान रहेको छ ।
काठमाडौंमा अहिले संचालनमा रहेका सबैजसो तारे होटल २०५४ साल अघि स्थापना भएका हुन्। इआइए लगायतका प्रावधान वातावरण संरक्षण ऐन २०५३ र वातावरण संरक्षण नियमावली २०५४मा आएको हो । यही ऐनमा टेकेर वातावरणमन्त्री लालबाबु पण्डितले इआइए नगरेको भन्दै द्वारिका र सोल्टी होटललाई एक लाख रुपैयाँ जरीवाना गरेका थिए। वातावरण संरक्षण नियमावलीको नियम (३ को अनुसुची २ बमोजम बेड भन्दा बढीको होटल निर्माण, स्थापना र संचालन गर्न अनिवार्य रुपमा इआइए गर्नुपर्ने प्रावधान छ । विभागका अनुसार ठमेल, चितवन,पोखरा लगायतका क्षेत्रमा संचालनमा रहेका धेरै होटलले यो मापदण्ड पूरा गरेका छैनन्

उनका अनुसार सांस्कृतिक सम्पदा, निकुञ्ज तथा संरक्षित क्षेत्रमा नपर्ने पचांस बेड सम्म रहेका होटलले प्रारम्भिक वातावरण परीक्षण गर्न आवश्यक छैन । एक सय भन्दा बढी बेड भएका तारे अथवा सामान्य होटलले वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य गर्नुपर्ने उनले बताए ।
यी चार पाँच तारे होटललाई इआइए गर्न विभागले पत्र पठाइसकेको छ ।