कोरियन भाषा परीक्षाको आवेदन खुल्यो,कुन क्षेत्रमा कति कोटा ?

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो,कुन क्षेत्रमा कति कोटा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –कोरियामा रोजगारीका लागि जान चाहनेका लागि इम्प्लोयमेन्ट परमिट सिस्टम (इपीसएस) परीक्षाको आवेदन चैतमा खुल्ने भएको छ ।
आवेदन दिन चाहनेहरुले चैत ८ गते देखि १७ गते सम्म आवेदन भर्नुपर्ने छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिकले इपीएस नेपालको वेवसाइटमा गई अनलाइनबाटै आवेदन भर्न सक्नेछन् ।

श्रम तथा रोजगगार मन्त्रालय अन्तगर्तको वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखाले परीक्षाको आवेदन तथा परीक्षा सञ्चालनसम्बन्धी सूचना प्रकाशित गरी आवेदन तथा परीक्षा मिति सार्वजनिक गरेको हो । परीक्षा जेठ २६ र २७ गते तय भएको छ । परीक्षाका लागि काठमाडौँ र पोखरामा केन्द्र तोकिएको इपीएस कोरिया शाखाले जनाएको छ । पोखरामा १२ हजार जनाले परीक्षा दिन पाउनेछन् ।

आवेदन शूल्क २४ डलर तोकिएको छ । यसपटक कुल ७ हजार १०० जना उत्तीर्ण गरिन्छ जसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको छ ।