जिउँदो कछुवासहित दुई जना पक्राउ, यस्तो छ सजाय व्यवस्था

जिउँदो कछुवासहित दुई जना पक्राउ, यस्तो छ सजाय व्यवस्था


काठमाडौं–केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिउँदो कछुवासहित राजधानीबाट दुई जनालाई पक्राउ गरेको छ।

 

सीआईबीले कछुवासहित भक्तपुर, सुर्यविनायक नगरपालिका–१ सिरुटारबाट मकवानपुरको गढीका वीरबहादुर स्याङतान र ललितपुरको नल्लुका कान्छा लामालाई पक्राउ गरेको हो।

संरक्षित वन्यजन्तु कछुवा बेचबिखन तथा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको टोलीले सोमबार दुई जनालाई पक्राउ गरेको ब्यूराका प्रवक्ता एसपी मीरा चौधरीद्वारा जारी प्रेस नोटमा उल्लेख छ।

 

पक्राउ परेका तीव व्यक्ति र संरक्षित सुनौलो पहेँलो रंगको जीवित कछुवा आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय सानोठिमी, भक्तपुरमा बुझाइएको छ।

 

यस्तो छ सजाय व्यवस्था
अपराध–राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धि, १९७५ विरुद्धको अपराध।

 

दण्ड सजाय – राराष्ट्रि निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन , २०२९ को दफा २६९६० अनुसार ६ महिनासम्म कैद वा बीस हजार सम्म जरिवाना वा दुवै।