घुस्याहा कर्मचारीलाई तह लगाउने उधोगमन्त्री मातृकाको चेतवानी

घुस्याहा कर्मचारीलाई तह लगाउने उधोगमन्त्री मातृकाको चेतवानी


काठमाडौं–उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले घुस्याहा कर्मचारीलाई तह लगाउन बताएका छन् । बिहिबार राजधानीको भृकुटीमण्डपमा आयोजित सातौ अन्तराष्ट्रिय उद्योग व्यापार मेलामा बोल्दै उनले सरकारले भ्रष्ट ठेकेदार र कर्मचारी कसैलाई पनि नछाड्ने चेतावनी दिएका हुन् ।

‘नेता मन्त्री बनेपछि औषधि गर्न विदेश जान्छन् । कर्मचारी असुली गर्न जान्छन् । तस्करहरु कर्मचारीलाई घुस खुवाउन जान्छन् । अब हामी यस्ता धन्दा बन्द गराउँछौं’ मन्त्री यादवले भने । ५ वर्षमा देशलाई नमुना बनाउने दाबी गर्दै यादवले त्यसको लागि गलत काममा लाग्नेलाई कडा भन्दा कडा कारबाही गरिने बताए ।

‘अब प्रष्ट भए हुन्छ, घुस खुवाउनेको काम अब हुँदैन । खानेको त के–के हुन्छ , हेर्दै जानुस्’ उनले भने । देशको अर्थतन्त्र छाता जस्तो होइन पिरामिड जस्तो हुनुपर्ने पनि सो अवसरमा यादवले धारणा राखे । अहिलेससम्म अधिकारको लागि लडिएको तर अब विकासको लडाईँ सुरु भएको समेत उनको भनाई थियो ।