सिन्धुपाल्चोक दुर्घटनाका घाइतेलाई सेनाको एमआई-१७ हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

सिन्धुपाल्चोक दुर्घटनाका घाइतेलाई सेनाको एमआई-१७ हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोको इन्द्रावती गाउँपालिका १० मा बस दुर्घटनामा घाइते २३ जनालाई नेपाली सेनाको एमआई-१७ र  एक निजी कम्पनीको हेलिकोप्टरबाट उद्दार गरेर काठमाडौं ल्याइएको छ ।

नेपाली सेनाको एमआई-१७ र अर्का निजी कम्पनीको हेलिकोप्टरबाट उनीहरुलाई काठमाडौं ल्याइएको हो ।सेनाको हेलिकोप्टरबाट १३ जनालाई ल्याइएको छ भने निजी कम्पनीको हेलिकोप्टबार १० जनलाई ल्याइएको छ । उनीहरुलाई काठमाडौंको विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या ११ जना पुगिसकेको छ । करिब ४० जना घाइते छन् । इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बा२ख २७१५ नंको बस शुक्रबार बिहान ९ः५५ बजे दूर्घटनामा परेको थियो ।

बसमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जना अस्पताल ल्याउँदा ल्याउँदै र अन्य ५ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये इन्द्रावती-९ की ४६ वर्षीय जुनादेवी लम्साल र इन्द्रावती-१० का २० वर्षीय गणेश तामाङको मात्रै सनाखत भएको छ । अन्यको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । बसमा दशैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रु रहेका थिए ।