सगरमाथा आरोहणको तयारीमा रहेका पाँच पत्रकारलाई प्रधानमन्त्री ओलीकाे शुभकामना

सगरमाथा आरोहणको तयारीमा रहेका पाँच पत्रकारलाई प्रधानमन्त्री ओलीकाे शुभकामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्ने तयारीमा रहेको ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८’ टोलीलाई शुुभकामना दिएका छन्।

पाँच पत्रकार महिलाको टोली अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रधानमन्त्रीलाई भेट्न बिहीबार उनकै सरकारी निवास पुगेको थियो।

समानताका लागि बुलन्द आवाज’ नारासहित लिएर आगामी चैतमा सगरमाथा आरोहणका लागि कस्एिको टोलीलाई प्रधानमन्त्री ओलीले साथ, सहयोग र समर्थन रहने प्रतिवद्धता जनाए।

भेटवार्तामा प्रधानमन्त्री ओलीले आफूूहरुलाई सुरक्षित साथ आरोहण गर्न कामना गरेको टोलीकी एक सदस्य रोशा बस्नेतले बताइन्। पत्रकार आरोहीहरुले प्रधानमन्त्री समक्ष दस्तुर मिनाहा साथै सरकारको तर्फबाट आर्थिक सहयोग माग गरेका थिए।

प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ अन्तर्गत रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रियालक्ष्मी कार्की, (न्युज २४ टेलिभिजन), कल्पना महर्जन, (मेघा टेलिभिजन), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन तथा विपी कोईराला ममोरियल प्लानेटेरियम अब्जरभेटरी र विज्ञान सङग्रहालय विकास समिति) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) गरी पाँच महिला पत्रकारहरु सगरमाथा आरोहणको तयारीमा छन् ।

आरोहणको लागि आर्थिक, भौतिक तथा सामाजिक सहयोग जुटाउन अहिले टोली खटिरहेका छन् । पहिलो चरणको तालिम अन्र्तरगत दोलखाको रोलवालिङस्थित यालुङरी र रामदुङ हिमालको सफल आरोहण गरीसकेका छन् । टोलीले सगरमाथा आरोहण गर्नु अगाडि लोभुचे हिमाल आरोहण गर्ने तालिका रहेको छ।

नेपाल पत्रकार महासंघको व्यानरमा आरोहण गर्न लागेका महिला पत्रकार टोलीलाई किर्तीमानी आरोहि फुर्वा तेन्जिङ शेर्पाले प्रशिक्षण गराइरहेका छन्।