सी र मोदीबीच विश्व र द्धीपक्षीय हितका मुद्दामा छलफल,कश्मिबारे छलफल भएन

सी र मोदीबीच विश्व र द्धीपक्षीय हितका मुद्दामा छलफल,कश्मिबारे छलफल भएन


काठमाडौं- चिनियां राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अनौपचारिक शिखर सम्मेलन सफल भएको बताएका छन् भारतिय विदेश सचिव विजय गोखलेले दुवै नेताबीच ९० मिनेट वार्ता भएको जानकारी दिएका छन्

शनिबार नेपाल भ्रमणमा निस्कनुअघि मोदी र सीबीच तामिलनाडुको महाबलीपुरमस्थित कोव रिसोर्टमा वार्ता भएको थियो दुवै नेताको वान टु वान भेटपछि प्रतिनिधीमण्डलस्तरिय भेटवार्ता भएको थियो

दुई नेताबीच व्यापार, अर्थ व्यवस्था र लगानीबारे संयन्त्र बनाउने सहमती समेत भएको छ भारतीय विदेश मन्त्रालयका सचिव विजय गोखलेले पत्रकार सम्मेलनको आयोजना गर्दै चिनियां उपप्रधानमन्त्री हु चुन्हा र भारतिय अर्थमन्त्री निर्मला सितारमणको नेतृत्वमा संयन्त्र बनाउने सहमती भएको बताए हु चुन्हा चिनियां राष्ट्रपति सी निकट नेता हुन्

गोखलेले दुवै नेताबीच कश्मिर प्रकरणबारे छलफल नै नभएको बताए चिनियां राष्ट्रपति सीले एकल वार्ता र  दुई देशको प्रतिनिधिमण्डलस्तरमा वार्ता सफल भएको भन्दै तामिलनाडुमा पाएको स्वागतप्रति खुसी व्यक्त गरे

उनले भनेहामी दुईबीच निकै राम्रो कुराकानी भयो, एकअर्काले हामीलाई साथीको रुपमा पायौं भारतको यो भ्रमण स्मरणीय रहनेछ यो भ्रमणले भावनात्मक सम्बन्ध पनि निकै गहिरो भएको छ 

भारतिय प्रधानमन्त्री मोदीले पनि विश्व र द्धीपक्षीय हितका मुद्दामा छलफल भएको  बताए उनले २१औं शताब्दीमा भारत र चीनले नयां उचाई हासिल गरिरहेको भन्दै आगामी दिनमा कुनै विवाद उत्पन्न नहुने काम गर्ने सहमती भएको दाबी गरे