प्रचण्डले गरे गणतन्त्र स्मारकको अवलोकन

प्रचण्डले गरे गणतन्त्र स्मारकको अवलोकन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र स्मारकको अवलोकन गरेका छन् । गणतान्त्रिक नेपालको स्थापनाका लागि सहादत प्राप्त गरेका सहीद, बेपत्ता नागरिक तथा अपांगता भएकाहरूको सम्मानमा स्थापना गरिएको गणतन्त्र स्मारकको अध्यक्ष प्रचण्डले अवलोकन गरेका हुन् ।

प्रचण्डले उक्त स्मारकको ऐतिहासिक महत्व भएको बताउदै देश र विदेशका पर्यटकहरुलाई नेपाली जनताको संघर्षको स्मरण गराउने किसिमले तयार गर्नु पर्ने धारणा व्यक्त गरे । “यो स्मारक मेरा लागि झनै महत्वपूर्ण छ, उनले भने, यसले नेपाली जनताको महान संघर्षको इतिहास चित्रण गर्दछ । हामिले हाम्रो बलिदानीपूर्ण इतिहास झल्काउने गरि यसलाई अन्तिम रूप दिनु पर्छ ।” अबलोकनको क्रममा अध्यक्ष प्रचण्डले आफ्नै नेतृत्वको सरकारले नारायणहिटी दरबार परिसरमा गणतन्त्र स्मारक निमार्ण गर्ने निर्णय गरेको सम्झना गरे ।