एनआइसी एसिया बैंकका सीईओ लक्ष्मणले दिए राजीनामा

एनआइसी एसिया बैंकका सीईओ लक्ष्मणले दिए राजीनामा


काठमाडौं– एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मण रिसालले पद्बाट राजीनामा दिएका छन्।

२ वर्षे कार्यकाल सकिने २ महिना बाँकी रहँदै रिसाल बैंकबाट बाहिरिएका हुन्।

बैंक सञ्चालक समितिले नयाँ सीईओ खोजी गर्न थालेपछि समावधि छँदै उनले राजीनामा दिएर शुक्रबारदेखि विदामा बसेका छन्।

उनले बुधबार बैंक सञ्चालक समितिको अध्यक्ष तुलसीराम अग्रवाललाई राजीनामा बुझाएका थिए। बिहीबार सार्वजनिक विदा थियो। तर, रिसालले बैंकका उच्च व्यवस्थापन समूहलाई बैंकमा बोलाई आफ्नो कार्यकाल सकिन लागेको र शुक्रबारदेखि विदामा बसेको जनाकारी गराए।

जेठको पहिला सातादेखि उनको दुई वर्षे कार्यकाल पूरा हुँदैछ ।