महरालार्इ प्रतिनिधिसभाको सभामुख बनाउने माओवादीकाे निर्णय

महरालार्इ प्रतिनिधिसभाको सभामुख बनाउने माओवादीकाे निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ – माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुखमा नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने भएको छ । माओवादी केन्द्रको कार्यालय बैठकले महरालाई सभामुखमा अघि सार्ने निर्णय गरेको नेता देव गुरुङ्गले जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमल्टारमा बसेको बैठकले महरालाई सभामुख बनाउने निर्णय गरेको हो ।

बैठकमा नेताहरु नारायणकाजी श्रेष्ठ, गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादल, देव गुरुङ्ग, कृष्णबहादुर महरा, शक्ति बस्नेत सहित कार्यालयका उपलब्ध सदस्य सहभागि थिए । वाम गठबन्धनबीच प्रतिनिधिसभाको सभामुख माओवादी केन्द्रले पाउने र राष्ट्रपति एमालेबाट हुने सहमति भएको थियो ।

याे पनि – सभामुखमा महरा पक्का

महरासँगै माओवादीमा नेता देब गुरुङ, अग्नी सापकोटा, हरिबोल गजुरेल, पम्फा भुषाल, लेखराज भट्ट लगायतको सभामुख पदका लागि चर्चा भएको थियो । सभामुख चयनका लागि आज उम्मेदवारको मनोनयन हुदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सभामुख चयनको कार्यतालिका अनुसार शुक्रबार विहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ता गर्नुपर्नेछ । सभामुख चयनका लागि शनिबार १ बजे चुनाव हुनेछ ।