खतिवडासहित तिनजनाले लिए राष्ट्रियसभा सदस्यको सपथ

खतिवडासहित तिनजनाले लिए राष्ट्रियसभा सदस्यको सपथ


काठमाडौं – अर्थमन्त्री युवराज खतिवडासहित सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्यको सपथ लिएका छन् । मनोनित खतिवडासहित रामनारायण विडारी र विमला पौडेलले जेष्ठ सदस्य तारादेवी भट्टसमक्ष सपथ लिएका हुन् ।

सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सपथको बाटो खुलेको थियो । राष्ट्रियसभा सदस्य बनेपनि उनीहरूले राष्ट्रपति चुनावमा भोट हाल्न पाउने छैनन् । मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेको छ, जसमा उनीहरूको नाम छैन ।

यद्यपि, संघीय संसद् सचिवालयले सपथ लिएको जानकारी गराए बाधा अड्काउ फुकाउ मार्फत् मतदाता नामावलीमा नाम समावेश गर्न सक्ने छ ।