यसकारण अनेरास्ववियुको सचिवमा मेरो दावी– लोकेन्द्र सिह

यसकारण अनेरास्ववियुको सचिवमा मेरो दावी– लोकेन्द्र सिह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुभित्र विभिन्न भूमिकामा रहेर संगठनको पक्षमा अहोरात्र खटिने विद्यार्थी नेताहरुमा एलवी सिहं पहिलो नम्बरमा आउंछन् । अनेरास्ववियुका सचिवालय सदस्य एवं सेति अञ्चल इन्चार्ज रहेका सि‌ह आफूले बोकेको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्नुका साथै  एकता प्रक्रिया अघि बढेसंगै एकिकृत्त अखिलको सचिवका निम्ति प्रवल दावेदार मानिएका छन् । उनै सिहंसंग काठमाडौंपार्टी डटकमका वसन्त खड्काले गरेको कुराकानी ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) विच हुने भनिएको एकता कहाँसम्म पुग्यो ?

नेकपा (एमाले) र एकिकृत्त नेकपा (माओवादी)विच पार्टी एकता तिव्र रुपमा अगाडि बढेसंगै सबै जनवर्गिय सँगठनहरु एकताका निम्ति मनोवैज्ञानिक रुपमा तयारी अवस्थामा रहेका छन् । अखिल र क्रान्तिकारीको हकमा पनि हामिले एकताकै स्पिडमा सँयूक्त भेला कार्यक्रम र बैठक गरिरहेका छौँ । हाम्रो पार्टीबाट सचिव गोकर्ण विष्ट र माओवादी केन्द्रबाट गिरीराजमणि पोख्ररेल सहितका नेताहरुको कार्यदल एकता प्रक्रिया टुङ्याउन अहोरात्र खटिरहन भएको हामिले बुझेका छौं ।

एकता हुनु अघि नै अखिलको नेतृत्व परिवर्तन गर्ने कुरा बाहिर आएको छ ,यसवारे बताइदिनुस न ?

हो, यसवारेमा बहस सुरु भएको छ । हाम्रो संगठन को अध्यक्ष नविना लामा प्रतिनिधिसभाको सांसदमा निर्वा्चित हुनुभएको छ । र हाम्रो अधिवेशन भएको पनि २ वर्ष नाघिसकेको परिप्रेक्षमा स्वभाविक रुपमै नेतृत्व परिवर्तनको कुरा उठेको हो । यो सकारात्मक पनि छ । अर्को कुरा पार्टी स्थायी कमिटिले सम्मेलन नगर्ने भन्ने सर्कुलर गसिकेपछि पुर्नगठनको चर्चा चलेको हो ।

त्यसो भए अब नेतृत्व परिवर्तन हुने भएको छ ?को बन्छ अखिलको अध्यक्ष ?

हम्रो संगठनमा अध्यक्ष बनेर विद्यार्थी आन्दोलन को अगुवा गर्न सक्ने थुप्रै नेताहरु हुनुहुन्छ । यद्यपी मेरो विचारमा वर्तमान उपाध्यक्षहरु महासचिव मध्येबाट नयाँ नेतृत्व हुने सँम्भावना रहेको छ ।

नेतृत्व परिवर्तन हुंदा तपाईको के जिम्मेवारी अाशा गर्नुभएकाे छ ?

म २०५८ सालदेखि स्कुल प्रा.ज अध्यक्ष हुदै आजका दिनसँम्म जिल्ला अञ्चल,तिन पटक केन्द्रिय कमिटि हुदै सचिवालय सदस्यका रुपमा काम गरिरहेको छु । मेरो सांगठनिक पृष्ठभुमि हेर्दा पनि अहिले अखिलका पदाधिकारीहरु संग–संगै अखिलमा जोडिएको देखिन्छ । त्यसैले स्वभाविक रुपमा मैले नेतृत्व परिवर्तन हुंदा सचिव पदमा जिम्मेवारी खोज्नु अन्यथा नहोला । तलका साथिहरुको मनोविज्ञानका आधारमा नेतृत्वले ध्यान दिनु पर्ने कुरामा विश्वस्त पनि छु ।