अमिताभ बच्चन अस्पताल भर्ना, कलेजोमा समस्या देखियो

अमिताभ बच्चन अस्पताल भर्ना, कलेजोमा समस्या देखियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – मेगास्टार अमिताभ बच्चन पछिल्लो ३ दिनदेखि अस्पतालमा छन् । उनको कलेजोमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

अमिताभ आफैंले धेरैपटक भनिसकेका छन् कि उनको कलेजोको २५ प्रतिशतले मात्रै काम गरिरहेको छ । तर ३ दिनको अस्पताल भर्नासँगै अहिले उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको बताइएको छ ।

भारतीय मिडियाका अनुसार स्वास्थ्यमा अलि बढी नै समस्या देखिन थालेसँगै उनलाई मंगलबार २ बजेतिर अस्पताल लगिएको थियो । अहिले पनि उनको अस्पतालमै उपचार भैरहेको छ ।

सन् १९८२ मा चलचित्र ‘कुली’को छायांकनको क्रममा चोट लागेदेखि उनमा समस्या हुन थालेको बताइएको छ । खबरका अनुसार छायांकनको क्रममा चोट लाग्दा उनलाई गल्तिले हेपाटाइटिस बी को बिरामीको रगत चढाइएको थियो ।

अहिले उनको कलेजोले ७५ प्रतिशत काम गर्न छोडिसकेको छ । जसको कारण सिरोसिस बताइएको छ ।

अस्पतालमा अमिताभको एक विशेष कोठामा राखेर उपचार भैरहेको छ । उनलाई जुहुस्थित नानावती अस्पतालमा राखिएको बताइएको छ ।