लाहोर – पाकिस्तान क्रिकेट टिमका क्याप्टेन सर्फराज अहमद टेस्ट र टी–२० क्रिकेट टिमको क्याप्टेनबाट हटाइएका छन् ।
शुक्रबार पाकिस्तान क्रिकेट बोर्डले विज्ञप्ति जारी गर्दै उनलाई टिम क्याप्टेनबाट हटाइएको जानकारी दिएको हो । हालै पाकिस्तानले खेलेको दुबै फम्र्याटमा कमजोर प्रदर्शन गरेपछि उनलाई कप्तानी छोड्न दबाब परेको थियो ।
जारी विज्ञप्तिअनुसार अस्ट्रेलियासँग हुन लागेको टेस्ट क्रिकेटमा ब्याट्स्म्यान अजर अलीले कप्तानी सम्हाल्ने छन् । उनले वर्ल्ड टेस्ट च्याम्पियनसिप २०१९–२० को खेलहरूमा समेत टिमको नेतृत्व गर्नेछन् ।
त्यस्तै अर्का ब्याट्स्म्यान बाबर अजामले टी–२० फम्र्याटमा कप्तानी गर्नेछन् । उनले अस्ट्रेलियासँग नोभेम्बरमा हुन लागेको तीन खेलको टी–२० सिरिजमा पाकिस्तानको नेतृत्व गर्नेछन् ।
यसैगरी सर्फराज दुबै फम्र्याटबाट बाहिर रहने पनि विज्ञप्तिमा उल्लेख छ । तर एक दिवसीय क्रिकेटमा भने कुनै हेरफेर गरिएको छैन ।
प्रतिक्रिया