भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अर्थशास्त्रको ज्ञान छैन ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अर्थशास्त्रको ज्ञान छैन ?


हरियाणा – दोस्रो पटक भारतका प्रधानमन्त्री बनेका नरेन्द्र मोदी सरकारले आर्थिक संकटको सामना गरिरहेको छ । मोदी सरकारले पहिलो कार्यकालमा लागू गरेको नोटबन्दी र जीएसटी नीतिका कारण भारतीय अर्थतन्त्र संकटमा परेको विश्लेषण हुने गरेको छ । के प्रधानमन्त्री मोदीले अर्थशास्त्रको ज्ञान नभएर अर्थतन्त्रलाई संकटमा पार्ने नीति लागू गरेका थिए ।

शुक्रबार भारतीय कांग्रेसका नेता राहुल गान्धीले एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीलाई अर्थशास्त्रको ज्ञान नभएको दाबी गरेका छन् । गान्धीले मोदी सीमित अर्बपतिलाई खुशी गर्ने गरी काम गरिरहेको गम्भीर आरोप लगाए । शुक्रबार हरियाणाको महेन्द्रगढमा आयोजित चुनावी सभामा गान्धीले भने, ‘मोदीलाई अर्थशास्त्रको ज्ञान छैन । केही अर्बपतिलाई खुशी बनाउन सरकारले काम गरिरहेको छ ।’

कांग्रेस अध्यक्ष सोनिया गान्धीले सम्बोधन गर्ने भनिएको सभामा स्वास्थ्य अवस्थाका कारण उनी सहभागी भइनन् । सोनिया नआएपछि राहुलले सभालाई सम्बोधन गरेका थिए । सभामा बोल्दै गान्धीले मोदी सरकारको रणनीति असल मुद्दाबाट जनताको ध्यान भड्काउनु रहेको आरोप लगाए ।

प्रधानमन्त्री मोदीले शुक्रबार हरियाणमै आयोजित र्‍यालीलाई सम्बोधन गर्दै भारतीय जनता पार्टी ९भाजपा० लाई भोट दिएर विकासको ‘डबल इन्जिन’लाई तागत दिन आह्वान गरेको भारतीय सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका छन् । उनले भने, ‘आफ्नो पहिलो कार्यकाल कुव्यवस्था, कमजोरी हटाउन र खाल्डाखुल्डी भर्नमै बित्यो । अब मैले र हरियाणा सरकारले पूरै तागतसहित जनताको ध्यान राख्नुछ ।’