एजेन्सी – रोमानियाकी इन्स्टाग्राम स्टार एन्ड्रिया एबेलीले इन्स्टाग्राममा आफ्नो बोल्ड तस्वीरहरु सेयर गरेर वार्षिक करोडौं रुपैयाँ कमाउने गरेकी छन् । बुखारेस्टनिवासी ३५ वर्षीया एबेलीले इन्स्टाग्राममा प्लास्टिक सर्जरी गरेर ठूलो बनाएको आकर्षक नितम्बको तस्वीरहरु पोष्ट गरेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको उनले बताएकी छन् ।
उनलाई इन्स्टाग्राममा ३१ लाखभन्दा बढी मानिसले फलो गरेका छन् । हरेक इन्स्टाग्राम पोस्टमा उनले ४ सय १० पाउन्डदेखि ४ हजार १ सय पाउन्डसम्म कमाउने गरेकी छिन् । सामाजिक सञ्जालमा आफू लोकप्रिय हुनुको कारण इमानदारी भएको बताएकी छन् । ‘मैले प्लास्टिक सर्जरी गरेर नितम्ब ठूला र आकर्षक बनाएकी हुँ,’ उनी भन्छिन्, ‘यो कुरा मैले कसैसँग लुकाएकी छैन । मेरो इमानदारीले मलाई लाखौँ प्रशंसक दिलाएको छ । यौनाकर्षण र हँसीमजाकलाई मिलाएर इन्स्टाग्राममा मनोरञ्जक सामग्री पस्कने गरेकी छु ।’
लाखौँ प्रशंसकले उनका नितम्ब मन पराए पनि केहीले भने उनलाई मन पराउँदैनन् । ‘तीमध्ये एउटा सन्देश सबैभन्दा डरलाग्दो थियो,’ एन्ड्रिया भन्छिन्, ‘एक जनाले मलाई ‘तिमी नर्कमा जाकिनेछौ’ भनेर कमेन्ट गरेका थिए ।’ ती आलोचकले उनलाई भनेका थिए, ‘एन्ड्रिया, तिमी नर्कमा पर्नेछौ । तिम्रा नितम्बसहित सारा शरीर जल्नेछ । त्यतिबेला तिम्रो शरीरबाट प्लास्टिकको गन्ध आउनेछ ।’
प्रतिक्रिया