एजेन्सी । जम्मू–कश्मीरको कुपवाडा जिल्लामा गोलाबारी हुँदा दुई भारतीय सैनिकको मृत्यु भएको छ ।
कुपवाडाको तांघर सेक्टरमा सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको आरोप लगाउँदै भारतले उक्त भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको जानकरी दिएको छ ।
उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाएका छन् भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।
प्रतिक्रिया