काशीनाथ तिवारी हत्यामा पूर्वमन्त्रीको हातः रमेश खरेल

काशीनाथ तिवारी हत्यामा पूर्वमन्त्रीको हातः रमेश खरेल


काठमाडौं – पूर्वडिआईजी रमश खरेलले वीरगञ्जका काशीनाथ तिवारी हत्यामा पूर्वमन्त्री प्रभु शाहको हात रहेको खुलासा गरेका छन् ।

एक टेलिभिजनसँग कुरा गर्दै खरेलले आफूलाई अनुसन्धान अधिकृतले तत्कालिन मन्त्री शाहको पनि हात रहेको बताएको खुलासा गरेका हुन् । उनले वीरगञ्जको यो घटना कल्पनै गर्न नसक्ने साथै उक्त घटना साउथ इन्डियन फिल्ममा मात्र देख्न सकिने बताए ।

‘अनुसन्धान अधिकृतले मलाई प्रभु शाह पनि घटनामा संलग्न छन् भने । मैले अनुसन्धानले जता लिड गर्छ उतै जान त्यसमा दाँयाबाँया कतै नहेर्नु भन्दै निर्देशन दिएँ । त्यो बेला प्रभु शाहको नाम पनि प्रतिवेदनमा राखेर बुझायौं’ उनले भने, ‘मन्त्रीको नाम प्रतिवेदनमा राख्दा मलाई कति दबाब आयो होला ?’

अनुसन्धान हुनुपर्ने घटनामा अहिले त घटनानै भएको छैन् भनेर मोएिको छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले अपराधिलाई जोगाउन राजनीतिकरण गरिएको भन्दै आश्चर्य जनाएका छन् ।

‘यस्ता घटनामा पुलिस मात्र हुँदैन । अपराधि पक्रिन आदेश चाँहिँदैन । अपराधि पक्रिन किन १२ वर्ष कुर्ने ? किन सर्वोच्च अदालतको आदेश कुर्ने ? त्यही बेला त्यहाँको प्रहरी अधिकृतले अनुसन्धान गरेर कानुनको दायरामा ल्याउनुपथ्र्यो’ उनले भनेका छन् । १२ वर्षपछि घटनाको अनुसन्धान गर्दा तथ्यहरु तोडमोड हुनसक्ने पूर्वडिआइजी खरेलले बताए ।

के हो घटना ?

काशी तिवारीको १२ बर्ष अगाडि वीरगन्जको रानीघाटमा हत्या भएको थियो ।

२०६७ सालको असारमा माओवादीले वीरगन्जमा गर्न लागेको आमसभालाई बिथोल्न काशी तिवारीले भूमिका निर्वाह गरेको माओवादी पक्षको आरोप थियो ।

वीरगन्जमा तत्कालिन माधव नेपाल नेतृत्वको सरकारबिरुद्ध अनसनमा बसेका बेला हिन्दुयुवा संघ र माओवादीबीच झडप हुने स्थिति सृजना भएपछि प्रहरीले लाठी चार्ज गर्दा एघार जना माओवादी नेता तथा कार्यकर्ता घाइते भएका थिए भने माओवादीले गर्ने भनेको बिरोध कार्यक्रम समेत बिथोलिएको थियो ।