एजेन्सी – थाइल्याण्डका राजा महा वाचिरालङ्कनले अन्य ६ वरिष्ठ शाही अधिकारीलाई निकालेका छन् ।
राजदरबारले बुधबार एक वक्तव्य जारी गर्दै राजा वाचिरालङ्कनले राजदरबारका ६ अधिकारीलाई ‘अत्यन्त दुष्ट’ कृत्य गरेको भन्दै निकालेको जानकारी दिएको हो । थाई राजाले यो निर्णय आफ्नो शाही सहयोगी महिला अधिकारीको शाही उपाधि खोसेको केही दिनपछि गरेका हुन् ।
पदच्युत भएका ६ जनामध्ये एक वरिष्ठ महिला पुलिस अधिकारी, दुई सुरक्षागार्ड, बेडरुम गार्ड सर्भिसकी एक नर्स र एक भेटेनरियन रहेका छन् । आधिकारिक शाही ग्याजेटमा प्रकाशित दुई भिन्न घोषणामा यी ६ जनाले अनुशासन तोडेको र उनीहरुको व्यवहारले शाही काम कारवाहीमा हानी पुगेका कारण उनीहरुलाई प्रदान गरिएको सबै पदवी खोसिएको जानकारी दिएको छ ।
प्रतिक्रिया